अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याबारे अर्थमन्त्रीसँग नाडाले गर्यो छलफल
काठमाण्डौ। नाडाका अध्यक्ष करण चौधरीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेका छन्। बिहीबार भेटवार्तामा उनले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे।