सोमबार, बैशाख ८,२०८२ 12:16:59
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 12:16:59
IME remit
Global IME Bank Limited

अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याबारे अर्थमन्त्रीसँग नाडाले गर्‍यो छलफल

Hyundai Nepal
अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याबारे अर्थमन्त्रीसँग नाडाले गर्‍यो छलफल
Nabil Bank Limited

काठमाण्डौ। नाडाका अध्यक्ष करण चौधरीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेका छन्। 

बिहीबार भेटवार्तामा उनले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उक्त छलफलमा खास गरी पेट्रोलर डिजेलबाट चल्ने सवारी साधनहलाई बैकहरुबाट Hire Purchase Loan  प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio मा हाल ५० प्रतिशतको सिमालाई बढाएर ७५% पु¥याउनुपर्ने सुझाव राख्दै कालो सुचीमा रहेको व्यक्तीफर्मलाई कर चुक्ता तथा नबिकरण गर्न रोक लगाईनुपर्ने र यसका लागि बैंकले कालोसुचीमा राखेका ग्राहकलाई कर कार्यालयले पनि कालोसुचीमा राख्ने व्यवस्था गर्नुपर्ने तथा अनुसुची १३ मा देखाइएको वक्यौदालाई आधिकारीक मानी कानुनी प्रक्रियामा जान मिल्ने गरी कार्यविधि तयार गर्नुपर्ने। 

त्यसैगरी कालो सुचीमा परेका व्यक्तिहरुले पनि अन्य बैकहरुबाट आफनो कारोवार गरिरहेको देखिएकोले कालो सुचीमा परेका व्यक्ति वा कम्पनीमाथिको कारवाही ज्यादै फितलो हुन गएको गुनासो गरे। 

त्यसै क्रममा अध्यक्ष चौधरीले चालु पुजीकर्जा मार्ग दर्शन २०७९ का सम्बन्धमा चालु पुजीकर्जा मार्गदर्शन लागु भएको मिति भन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछी कर्जा लिएकाहरुलाई मात्रै चालु पुजीकर्जा मार्गदर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने सक्ने धारणा राखे।

उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल राष्ट्र बैंकले निजी प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहीअनुरुप बैंक लगानी गर्न सहजीकरण गरी दिनुपर्ने। 

त्यसैगरी कुनै पनि क्षेत्रमा NPA ५% भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न नमिल्ने भएकोले व्यावसायीक महत्वका माइक्रोबस र निजी प्रयोजनका कार एउटै क्षेत्र अन्तरगत पर्ने हुदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने निजी कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने बताए। 

त्यसैगरी उनले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने। अर्थात घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (-Debt Service to Gross Income Ratio) लाई सहजीकरण गरी चुक्ता प्रमाण पेश गरेका आधारमाविद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनुपर्ने धारणा राखे।

सोही छलफलको क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको सीमा क्षेत्रमा कडाइ गरिनुपर्ने भनाई राख्दै नेपालमै उत्पादन हुने सवै किसिमका अटोमोवाइल, स्पेयर पार्टस्, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था हुनुपर्ने तथा नेपालमा उत्पादित व्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्हल्क् पाउने व्यवस्थाका लागि आग्रह समेत गरे।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले नाडाको तर्फबाट राखिएका नीतिगत विभिन्न सुझावहरु प्रतिजिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए। 

उक्त छलफलमा नाडाका निबर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलन बाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.