काठमाण्डौ । बुधबार सेयरबजारमा ३ अर्ब १९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, भिजन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ९२ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३६.६२ प्रतिशत सेयर खरिद भएको छ ६३.३८ प्रतिशत सेयर बिक्री भएको छ ।


