बिहीबार, श्रावण २१,२०८३ 09:19:13
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:19:13
Bizshala
Global IME Bank Limited

महानगरको तयारी अपुग भन्दै सुकुमवासी मुद्दा एक दिन सारियो

महानगरको तयारी अपुग भन्दै सुकुमवासी मुद्दा एक दिन सारियो
New Office

काठमाण्डौं । सुकुमवासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटको सुनुवाइ फेरि एक दिनका लागि स्थगित भएको छ ।

न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा बुधबार पेसी तोकिएको भएपनि काठमाडौं महानगरपालिकाले आवश्यक तयारी पूरा नभएको भन्दै समय मागेपछि सुनुवाइ स्थगित गरिएको हो ।

यसअघि मंगलबार पनि मुद्दा ‘लगाउमा राख्ने’ आदेशसहित सारिएको थियो । अब बिहीबारका लागि नयाँ पेसी तोकिएको छ ।

अदालतले सबै पक्षलाई तयारीसहित बहसमा उपस्थित हुन निर्देशन दिएको रिट निवेदकमध्येकी अधिवक्ता जस्मिन ओझाले जानकारी दिइन् ।  

उनका अनुसार महानगरले औपचारिक सूचना नपाएको र तयारी अपुग भएको दाबी गरेपछि इजलासले थप समय दिएको हो ।

सुकुमवासी बस्तीसम्बन्धी तीन अलग–अलग रिट सर्वोच्चमा दायर भएका छन् । 

गोपाल रन पहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीलगायतले दायर गरेका यी रिटलाई एकैसाथ राखेर सुनुवाइ भइरहेको छ ।

सरकारले थापाथलीसहितका क्षेत्रमा डोजर चलाउने तयारी अघि बढाएपछि प्रभावित पक्ष सर्वोच्च पुगेका थिए । पहेलीले ११ वैशाखमा रिट दायर गरेका हुन् ।

यसअघि प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्चले सुकुमवासी बस्ती हटाउँदा अपनाइएको विधि र प्रक्रियाबारे पाँच बुँदागत विवरण पेश गर्न सरकारलाई आदेश दिएको थियो ।  

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीसमेतको रिटमा यस्तो आदेश गरेको हो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.