शनिबार, भाद्र ६,२०८३ 07:46:15
Bizshala
  • शनिबार, भाद्र ६,२०८३ 07:46:15
Bizshala
Global IME Bank Limited

‘सानिमा इक्विटी फण्ड-२’ को इकाई निष्काशन वैशाख २४ गते बिहीबारदेखि खुल्ने

‘सानिमा इक्विटी फण्ड-२’ को इकाई निष्काशन वैशाख २४ गते बिहीबारदेखि खुल्ने
New Office

काठमाण्डौ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन लागेको ‘सानिमा इक्विटी फण्ड-२’ को इकाई सार्वजनिक निष्काशन तथा बिक्री वैशाख २४ गते बिहीबारदेखि खुल्ने भएको छ ।

सानिमा क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा कोष प्रवर्द्धक सानिमा बैंकको सहकार्यमा प्रतिइकाई मूल्य १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो । यसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिने जनाएको छ ।

Bizshala
CG Motors

सूचनाअनुसार लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । इकाई खरिदका लागि प्रतिइकाई १० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

निष्काशन वैशाख २४ गते बिहीबारदेखि खुल्नेछ । छिटोमा जेठ २ गते बैंकिङ समयपछि आवेदन बन्द हुनेछ भने आवश्यक आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सी–आश्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत अनलाइन आवेदनको व्यवस्था पनि गरिएको छ ।

सानिमा क्यापिटलले यो योजना दीर्घकालीन पूँजी बजार लगानीलाई लक्षित गरी ल्याइएको जनाएको छ । नेपालको सेयर बजारमा संस्थागत लगानीको दायरा विस्तार गर्ने उद्देश्यसहित फण्ड सञ्चालनमा ल्याउन लागिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.