सोमबार, श्रावण १८,२०८३ 09:43:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:43:33
Bizshala
Global IME Bank Limited

थापाथली–बानेश्वर सडकमा ‘फेसलेस’ ट्राफिक, प्रहरीको भौतिक उपस्थिति घट्दै

थापाथली–बानेश्वर सडकमा ‘फेसलेस’ ट्राफिक, प्रहरीको भौतिक उपस्थिति घट्दै
New Office

काठमाण्डौं । राजधानीका मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउने तयारीस्वरूप थापाथलीदेखि नयाँ बानेश्वर हुँदै माइतीघर मण्डलासम्मको क्षेत्रमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थिति घटाउने योजना अघि सारिएको छ ।

थापाथली चोकमा लेन उल्लङ्घनका नाममा ‘एम्बुसिङ’ गरेर चिट काट्ने गरेको गुनासो बढेपछि प्रविधिमा आधारित व्यवस्थापनतर्फ ध्यान केन्द्रित गरिएको हो ।

वैशाख २ गते सभामुख डीपी अर्याल सवार गाडीलाई चिट काटिएको घटनापछि उक्त क्षेत्रमा लेन छुट्याउन ट्राफिक कोन राखिएको छ ।  

अब सो सडकखण्डमा मानवीय उपस्थितिभन्दा प्रविधि प्रयोग गरेर ट्राफिक नियन्त्रण गर्ने तयारी भइरहेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ‘फेसलेस ट्राफिक म्यानेजमेन्ट’ लागू गर्ने गरी अध्ययन भइरहेको छ ।

यसअन्तर्गत थापाथली चोक वरपर सेन्सरयुक्त स्वचालित ट्राफिक बत्ती र एएनपीआर (अटोमेटिक नम्बर प्लेट रेकग्निसन) क्यामेरा जडान गर्ने योजना बनाइएको छ ।

यी क्यामेराले सवारी साधनको नम्बर प्लेट पहिचान गरी लेन उल्लङ्घन, तीव्र गति लगायतका नियम उल्लङ्घन स्वतः पत्ता लगाएर नियन्त्रण कक्षमा सूचना पठाउनेछन् ।

त्यसपछि आवश्यक कारबाही अन्य स्थानमा रोकेर वा विद्युतीय प्रणालीमार्फत गर्न सकिने ट्राफिक प्रहरीको योजना छ ।

प्राविधिक पूर्वाधार जडानका लागि सडक विभागसँग समन्वय भइरहेको छ । हाल सञ्चालनमा रहेका सिसिटिभी क्यामेरा पनि थप विस्तार गरिने तयारी छ ।

ट्राफिक प्रहरीले क्रमशः सडकमा आफ्ना जनशक्ति घटाउँदै लैजाने नीति अनुसार थापाथली क्षेत्रमा अहिले सीमित संख्यामा मात्रै प्रहरी परिचालन गर्न थालिएको छ ।

अहिले काठमाडौँ उपत्यकामा २ सय ९३ वटा क्यामेरामार्फत ट्राफिक नियम उल्लङ्घनको निगरानी भइरहेको छ भने दैनिक करिब १५० सवारी साधनमाथि कारबाही हुँदै आएको छ ।  

यसअघि कोटेश्वर, धोबीघाट र महालक्ष्मीस्थानमा एएनपीआर क्यामेरा जडान भइसकेको छ ।

अब थापाथली र बानेश्वर क्षेत्रमा थप आधुनिक क्यामेरा जडान गरेर पूर्ण रूपमा ‘फेसलेस’ ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने तयारी अघि बढाइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.