काठमाण्डौं । सरकारले सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियनहरूको दर्ता खारेज गरेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निर्णय गर्दै निजामती सेवातर्फ ८ र स्वास्थ्य क्षेत्रतर्फ ४ वटा ट्रेड युनियनहरूको दर्ता रद्द गरिएको जनाएको हो ।
खारेज गरिएका निजामती क्षेत्रका युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन रहेका छन् ।
त्यसैगरी स्वास्थ्य क्षेत्रका नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता पनि रद्द गरिएको विभागले जनाएको छ ।

