सुरुङ खुल्नुअघि नै ‘फिटनेस ट्र्याक’ बन्यो नागढुंगा–सिस्नेखोला लिङ्क रोड
काठमाण्डौ । केही समयपछि हजारौं सवारीसाधन गुड्ने नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको लिङ्क रोड अहिले भने स्वास्थ्यप्रेमीहरूको अस्थायी ‘फिटनेस ट्र्याक’ बनेको छ।सुरुङ मार्ग नियमित सञ्चालनमा नआइसकेकाले सडकमा सवारीसाधनको चाप अत्यन्त न्यून छ। यही अवसरको उपयोग गर्दै बिहान सबेरैदेखि युवादेखि ज्येष्ठ नागरिकसम्म यहाँ दौडिन, छिटो हिँड्न र शारीरिक व्यायाम गर्न पुग्ने गरेका...

