९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा, नापजाँच २०७४ मै सकिएको थियो, अब कानुनी स्वामित्व स्थापित
काठमाण्डौ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ क्षेत्रमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ती परिवारले अब आफूले भोगचलन गर्दै आएको जग्गामाथि औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका हुन्।नापी कार्यालय...

