सोमबार, आश्विन २६,२०८३ 07:17:10
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:17:10
Bizshala
Global IME Bank Limited

९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा, नापजाँच २०७४ मै सकिएको थियो, अब कानुनी स्वामित्व स्थापित

Bizshala
९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा, नापजाँच २०७४ मै सकिएको थियो, अब कानुनी स्वामित्व स्थापित
New Office

 

 

काठमाण्डौ ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ क्षेत्रमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ती परिवारले अब आफूले भोगचलन गर्दै आएको जग्गामाथि औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका हुन्।

नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा तयार भए पनि आवश्यक प्रक्रिया समयमै पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन।

करिब ९ वर्षदेखि रोकिएको प्रक्रिया अगाडि बढेपछि अहिले सम्बन्धित परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।

यससँगै अब उनीहरूले जग्गासँग सम्बन्धित कानुनी तथा आर्थिक अधिकार पनि सहज रूपमा प्रयोग गर्न सक्नेछन्। लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भविष्यमा उत्पन्न हुन सक्ने भूमिसम्बन्धी विवाद समाधानमा समेत सहजता आउनेछ।

यसअघि धनुषामा ३ हजार ९६६ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.