इजरायलमा नेपालीका लागि २३०० रोजगारीको अवसर, खुल्यो आवेदन
काठमाण्डौं । इजरायलले फेरि ठूलो संख्यामा नेपाली केयरगिभर माग गरेपछि वैदेशिक रोजगारीमा जान चाहने युवामाझ उत्साह बढेको छ । वैदेशिक रोजगार विभागले नेपाल–इजरायल श्रम सम्झौताअन्तर्गत दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २ हजार ३ सय नेपाली कामदार छनोटका लागि आवेदन खुलाएको हो ।

