आईतवार, असार १४,२०८३ 05:12:58
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:12:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इजरायलमा नेपालीका लागि २३०० रोजगारीको अवसर, खुल्यो आवेदन

Laxmi Sunrise Bank Limited
इजरायलमा नेपालीका लागि २३०० रोजगारीको अवसर, खुल्यो आवेदन

काठमाण्डौं । इजरायलले फेरि ठूलो संख्यामा नेपाली केयरगिभर माग गरेपछि वैदेशिक रोजगारीमा जान चाहने युवामाझ उत्साह बढेको छ ।  

वैदेशिक रोजगार विभागले नेपाल–इजरायल श्रम सम्झौताअन्तर्गत दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २ हजार ३ सय नेपाली कामदार छनोटका लागि आवेदन खुलाएको हो ।

New Office
CG Motors
Garima Development Bank

विभागका अनुसार खुला गरिएको कोटामा १ हजार ३ सय ८० महिला र ९ सय २० पुरुष समावेश छन् ।  

आवेदन दिन उम्मेदवारको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ ।

कम्तीमा एसईई उत्तीर्ण गरी एएनएम, सिएमए अध्ययन गरेको वा केयरगिभिङसम्बन्धी तालिम लिएको योग्यता आवश्यक पर्नेछ ।  

वृद्ध स्याहार र स्वास्थ्य सेवासम्बन्धी अनुभव भएका उम्मेदवारलाई प्राथमिकतामा राखिने विभागले जनाएको छ ।

छनोट भएका नेपाली कामदारले मासिक करिब ५ हजार ८ सय ८१ इजरायली मुद्रा तलब पाउनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसबाहेक ओभरटाइम सुविधा, बिदा र खानाको व्यवस्था पनि हुने बताइएको छ ।

इच्छुकले असार ७ गते दिउँसो १२ बजेसम्म वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।  

आवेदनका लागि राहदानी, फोटो, शैक्षिक योग्यता, तालिम प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आवश्यक पर्नेछ ।

पछिल्लो समय इजरायल नेपाली कामदारका लागि आकर्षक वैदेशिक रोजगार गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

राम्रो आम्दानी, सुरक्षित श्रम वातावरण र सरकारी तहबाट हुने पारदर्शी छनोट प्रक्रियाका कारण केयरगिभिङ क्षेत्रमा नेपाली युवाको आकर्षण तीव्र रूपमा बढिरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.