हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या ४ पुग्यो
काठमाण्डौ । मनाङको हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परेका थप दुई जनाको शव फेला परेको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो ।यसअघि आइतबार हिमपहिरोमा परेका छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो ।

