काठमाण्डौ । मनाङको हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परेका थप दुई जनाको शव फेला परेको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो ।
यसअघि आइतबार हिमपहिरोमा परेका छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो ।
थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको हो ।
हिमपहिरो प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको एनएनएमजीएले जनाएको छ । सम्पर्कविहीन रहेकाहरूको खोजीलाई निरन्तरता दिइने एसोसिएसनले बताएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।