सुनको मूल्य बढ्यो, कति रुपैयाँमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला २ हजार १०० रुपैयाँ महँगिएको हो।नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ (FNGSGJA Nepal) का अनुसार आइतबार अर्थात् असोज ४ गते सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार असोज २ गते सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो।यसैगरी, प्रति १० ग्राम...

