काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला २ हजार १०० रुपैयाँ महँगिएको हो।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ (FNGSGJA Nepal) का अनुसार आइतबार अर्थात् असोज ४ गते सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार असोज २ गते सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो।
यसैगरी, प्रति १० ग्राम सुनको मूल्य पनि १ हजार ८०० रुपैयाँले बढेर २ लाख ६१ हजार ६६० रुपैयाँ पुगेको छ। शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ८६० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी आइतबार २० रुपैयाँ बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको छ।
त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य शुक्रबार ४ हजार ९४ रुपैयाँ रहेकोमा आइतबार १६ रुपैयाँ ५० पैसा बढेर ४ हजार ११० रुपैयाँ ५० पैसा पुगेको महासंघले जनाएको छ।
यससँगै सुनको मूल्य पुनः प्रतितोला ३ लाख ५ हजार रुपैयाँभन्दा माथि पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।