माथिल्लो त्रिशूली–१ मा ४३९ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा व्यापक स्रोत परिचालन
काठमाण्डौ । रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा अझै ४३९ जना सम्पर्कविहीन रहेको आयोजनाको प्रवर्द्धक कम्पनीले जनाएको छ।आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका अनुसार हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना पछि...

