लगातार वर्षापछि नेपालगन्जका बजार र बस्ती जलमग्न, न्यूरोड, सेतु विक चोकसहितका क्षेत्र पानीले भरिए
काठमाण्डौ । लगातार परेको वर्षाका कारण नाला तथा ढल निकास प्रणाली अवरुद्ध हुँदा नेपालगन्जका विभिन्न बजार र बस्ती क्षेत्रहरू जलमग्न भएका छन्। ढल र नालाहरू नियमित रूपमा सफाइ नहुँदा फोहोर जम्मा भई पानीको निकास बन्द भएपछि पहिलो वर्षामै डुबानको समस्या देखिएको स्थानीयवासीले बताएका छन्।

