सोमबार, आश्विन १९,२०८३ 01:14:11
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 01:14:11
Bizshala
Global IME Bank Limited

लगातार वर्षापछि नेपालगन्जका बजार र बस्ती जलमग्न, न्यूरोड, सेतु विक चोकसहितका क्षेत्र पानीले भरिए

Bizshala
लगातार वर्षापछि नेपालगन्जका बजार र बस्ती जलमग्न, न्यूरोड, सेतु विक चोकसहितका क्षेत्र पानीले भरिए
New Office

काठमाण्डौ । लगातार परेको वर्षाका कारण नाला तथा ढल निकास प्रणाली अवरुद्ध हुँदा नेपालगन्जका विभिन्न बजार र बस्ती क्षेत्रहरू जलमग्न भएका छन्।  

ढल र नालाहरू नियमित रूपमा सफाइ नहुँदा फोहोर जम्मा भई पानीको निकास बन्द भएपछि पहिलो वर्षामै डुबानको समस्या देखिएको स्थानीयवासीले बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मंगलबार बिहान करिब ५ बजेदेखि शुरु भएको वर्षा दिउँसोसम्म निरन्तर परेपछि न्यूरोड, सेतु विक चोक, त्रिवेणी मोड, गणेशपुर, बसपार्क, धम्बोझी, एकलैनी, बिलासपुर, कोरियनपुर र भृकुटीनगरलगायतका क्षेत्रमा पानी जमेको छ।  

सडकदेखि घरआँगनसम्म पानी पस्दा स्थानीयको दैनिक जीवन प्रभावित बनेको छ।

स्थानीयका अनुसार नगर क्षेत्रमा ढल तथा नाला निर्माण भए पनि तिनको नियमित सरसफाइ र मर्मतमा ध्यान नदिँदा प्रत्येक वर्ष सामान्य वर्षामै डुबानको समस्या दोहोरिने गरेको छ।  

नालामा थुप्रिएको फोहोरले निकास रोकिँदा पानी बस्तीभित्र पस्ने अवस्था बनेको उनीहरूको भनाइ छ।

व्यवसायीहरूले पसलभित्र पानी पसेर सामानमा क्षति पुगेको बताएका छन्।  

साथै, जलमग्न सडकका कारण आवागमनसमेत प्रभावित हुँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ।

स्थानीयहरूले नगरपालिकालाई ढल तथा नाला व्यवस्थापनमा तत्काल सुधार गर्न आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.