भन्सार कडाइपछि नेपालगन्जको स्थानीय बजारमा व्यापार वृद्धि, सीमापारि किनमेल घट्दा व्यवसायी उत्साहित
काठमाण्डौं । नेपाल–भारत सीमामा भन्सार जाँच कडाइ गरिएसँगै नेपालगन्जको स्थानीय बजारमा व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको व्यवसायीहरूले बताएका छन्। सीमापारि किनमेल गर्ने उपभोक्ताको संख्या घट्दै जाँदा स्थानीय व्यापारमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।

