बिहीबार, बैशाख २४,२०८३ 05:43:00
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 05:43:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भन्सार कडाइपछि नेपालगन्जको स्थानीय बजारमा व्यापार वृद्धि, सीमापारि किनमेल घट्दा व्यवसायी उत्साहित

Bizshala
भन्सार कडाइपछि नेपालगन्जको स्थानीय बजारमा व्यापार वृद्धि, सीमापारि किनमेल घट्दा व्यवसायी उत्साहित
Shivam Cement

काठमाण्डौं । नेपाल–भारत सीमामा भन्सार जाँच कडाइ गरिएसँगै नेपालगन्जको स्थानीय बजारमा व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।  

सीमापारि किनमेल गर्ने उपभोक्ताको संख्या घट्दै जाँदा स्थानीय व्यापारमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपालगन्ज एकलैनीका किराना व्यवसायी विकास गुप्ताका अनुसार केही समयअघिसम्म दैनिक करिब १० हजार रुपैयाँको कारोबार हुने उनको पसलमा अहिले ८० हजारदेखि १ लाख रुपैयाँसम्मको बिक्री हुन थालेको छ।  

भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू भएपछि स्थानीय बजारमा ग्राहकको चहलपहल बढेको उनले बताए।

उनका अनुसार मूल्यका कारण सीमापारि जाने उपभोक्ता अहिले स्वदेशी बजारमै फर्किन थालेपछि व्यवसायमा उल्लेख्य सुधार आएको छ।  

“अहिले ग्राहकको आउजाउ बढेको छ, व्यापार पनि राम्रो भइरहेको छ,” गुप्ताले बताए।

स्टेशनरी व्यवसायी विश्वम्भर ओलीले पनि भन्सार कडाइपछि आफ्नो व्यवसायमा उल्लेखनीय सुधार आएको बताए।  

 

CG Motors
Garima Development Bank
IME remit

उनका अनुसार विद्यालय तथा कार्यालयका सामग्री खरिद गर्ने उपभोक्ताहरू अहिले स्थानीय बजारमै निर्भर हुन थालेका छन्, जसले बिक्री बढाएको छ।

व्यवसायीहरूको दृष्टिमा सीमापारि किनमेलका कारण ठूलो मात्रामा रकम बाहिरिने अवस्था थियो, जसले स्थानीय बजार मात्र होइन, किसान र साना उद्यमीलाई समेत असर पारेको थियो।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले भन्सार कडाइपछि स्थानीय व्यापार ७५ देखि १०० प्रतिशतसम्म वृद्धि भएको दाबी गरे।  

उनका अनुसार यसले स्थानीय उत्पादनको माग बढाएको छ र बजारमा नगद प्रवाह पनि सुधारिएको छ।

धामीले सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सके स्वदेशी उद्योग र व्यापारलाई दीर्घकालीन रूपमा मजबुत बनाउन सकिने बताए।  

उनका अनुसार अहिले व्यापारी र उपभोक्ता दुवैलाई स्थानीय बजारमै सहज र सुरक्षित कारोबार गर्ने वातावरण बनेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X