रसुवा बाढी नुवाकोट पस्यो: बेत्रावतीदेखि देवीघाटसम्म व्यापक क्षति
काठमाण्डौ । रसुवाको सीमा क्षेत्रबाट सुरु भएको भीषण बाढी नुवाकोटसम्म आइपुग्दा तटीय क्षेत्रका बस्ती र बजारमा व्यापक क्षति पुगेको छ। बाढीले बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट आसपासका क्षेत्रलाई बढी प्रभावित बनाएको छ।नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार रसुवा सीमादेखि तलतर्फ आएको बाढीको ठूलो बहाव बजार क्षेत्रभित्र प्रवेश गरेपछि घर, सडक तथा अन्य...

