विपत्तिको छायाँबीच सकियो नाडा अटो शो, यी बने पाँच विधाका उत्कृष्ट स्टल
काठमाडौँ। मुलुकले बाढीपहिरोबाट उत्पन्न गम्भीर मानवीय संकट सामना गरिरहेका बेला सञ्चालन भएको ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ। विपत्तिका कारण अपेक्षित उत्सवी माहोल बन्न नसके पनि प्रदर्शनीले नेपाली अटोमोबाइल बजारमा भित्रिएको नयाँ प्रविधि, विद्युतीय सवारीसाधनको बढ्दो प्रभाव र अटो कर्जामा देखिएको प्रतिस्पर्धालाई एकै ठाउँमा उजागर गरेको छ।नाडा अटोमोबाइल्स एसोसिएसन...

