नक्कली भुटानी शरणार्थी प्रकरणको पूर्णपाठ सार्वजनिक, कसले कति रकम फिर्ता गर्नुपर्ने ?
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा काठमाडौँ जिल्ला अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। पूर्णपाठअनुसार ठगीमा परेका पीडितलाई सबैभन्दा बढी रकम दाङका सन्देश शर्माले फिर्ता गर्नुपर्ने भएको छ। अदालतले शर्माबाट ३८ जनालाई ७ करोड ४७ लाख रुपैयाँ भराउन आदेश दिएको छ।न्यायाधीश तेजबहादुर खड्काको इजलासले गत असार...

