भोटेकोशी बाढीमा बगेका गाडीको अवशेष नभेटिँदा बीमा भुक्तानीमा संकट, डेढ अर्ब नजिक क्षति
काठमाण्डौ । भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएका सवारीसाधनको भौतिक अवशेषसमेत फेला नपरेपछि बीमा दाबी भुक्तानीमा जटिलता देखिएको छ। बाढीबाट ठूलो संख्यामा सवारीसाधन नष्ट भए पनि कतिपयको बीमा नभएको र बीमा भएका सवारीको समेत अवशेष फेला नपर्दा व्यवसायीहरू समस्यामा परेका हुन्।गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिको अध्ययन गर्न गठित...

