नेपाल–जापान सम्बन्धको ७०औँ वर्षमा दरबारमार्गमा सांस्कृतिक महोत्सव, ४६ वर्षपछि फर्किंदै ‘गोडाइगो’
काठमाडौं। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसर पारेर काठमाडौंमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।‘संस्कृतिमार्फत ऐक्यबद्धता’ भन्ने मूल भावनासहित आगामी मंसिर ६ गते अर्थात् नोभेम्बर २२, २०२६ मा दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ आयोजना गर्न लागिएको हो। नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समितिले आयोजना गर्ने महोत्सवमा...

