आईतवार, आश्विन २५,२०८३ 03:44:57
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 03:44:57
Bizshala
Global IME Bank Limited

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षमा दरबारमार्गमा सांस्कृतिक महोत्सव, ४६ वर्षपछि फर्किंदै ‘गोडाइगो’

Bizshala
नेपाल–जापान सम्बन्धको ७०औँ वर्षमा दरबारमार्गमा सांस्कृतिक महोत्सव, ४६ वर्षपछि फर्किंदै ‘गोडाइगो’
New Office

काठमाडौं। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसर पारेर काठमाडौंमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।

‘संस्कृतिमार्फत ऐक्यबद्धता’ भन्ने मूल भावनासहित आगामी मंसिर ६ गते अर्थात् नोभेम्बर २२, २०२६ मा दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ आयोजना गर्न लागिएको हो। नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समितिले आयोजना गर्ने महोत्सवमा दुवै देशका संगीत, कला, संस्कृति, पर्यटन तथा व्यापारिक सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

महोत्सवको मुख्य आकर्षण जापानको चर्चित सांगीतिक ब्यान्ड ‘गोडाइगो’को विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक कन्सर्ट गरेको यो ब्यान्ड ४६ वर्षपछि पुनः नेपाल आउन लागेको हो।

लामो अन्तरालपछि हुन लागेको गोडाइगोको नेपाल पुनरागमनलाई दुई देशबीचको पुरानो सांस्कृतिक सम्बन्ध पुनःस्मरण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महोत्सवमा नेपालका ख्यातिप्राप्त कलाकारहरूले समेत सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।

कार्यक्रमस्थलमा नेपाल र जापानको पहिचान झल्काउने सांस्कृतिक, पर्यटकीय तथा व्यापारिक प्रदर्शनी पनि राखिने बताइएको छ। यसले दुवै देशका नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

CG Motors
Muktinath Bikas Bank Limited

महोत्सवलाई मनोरञ्जन र सांस्कृतिक आदानप्रदानमा मात्र सीमित नराखी विपद्पछिको मानवीय सहायतासँग पनि जोडिएको छ। हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कार्यक्रमको आवश्यक खर्च कटाएर बचत हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने भएको छ।

आयोजकका अनुसार महोत्सवले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई जनस्तरमा थप विस्तार गर्नुका साथै विपद्को सामना गरिरहेको नेपालप्रति अन्तर्राष्ट्रिय सद्भाव र ऐक्यबद्धताको सन्देशसमेत प्रवाह गर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.