साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन
काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो ।