बुधबार, असार १०,२०८३ 03:20:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:20:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन

Laxmi Sunrise Bank Limited
साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो । 

New Office
CG Motors
Garima Development Bank

 

बैंकको खूद मुनाफा भने घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४२ करोड ९६ लाख रहेको मुनाफा घटेर यो वर्ष ३७ करोडमा सीमित बन्न पुगेको हो ।  

अघिल्लो वर्ष ६१ करोड ७० लाख रहेको सञ्चालन मुनाफा पनि घटेर यो वर्ष ५९ करोड ३० लाखमा सीमित बन्न पुगेको छ ।  

बैंकको अघिल्लो वर्षको तुलनामा व्यवसायमा सामान्य संकुचन आउँदा खूद ब्याज आम्दानी पनि थोरै घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५ करोड बढी रहेको यस्तो आम्दानी घटेर यो वर्ष १ अर्ब ४ करोड देखिएको हो ।  

बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १.३१ प्रतिशतमा सीमित खराब कर्जा बढेर यो वर्ष २.६२ प्रतिशत पुगेको छ । यही कारण बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा १४ करोड ५२ लाख बढी छुट्याएको छ ।  

नाफा घटेका कारण अघिल्लो वर्ष २०.०६ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी  १५.६८ रुपैयाँमा सीमित बन्न पुगेको छ भने रिटर्न अन इक्वीटी पनि १३.९१ प्रतिशतबाट घटेर ११.१४ प्रतिशतमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्ममा बैंकले ६० अर्ब ६२ करोड बढी निक्षेप संकलन गरी ५० अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको  यही अवधिसम्म भने ५५ अर्ब ६८ करोड बढी निक्षेप संकलन गरी ४३ अर्ब ७४ करोड बढी कर्जा परिचालन गरेको थियो।  

दोश्रो त्रैमाससम्मको बैंकको मूल्य आम्दानी अनुपात २५.३८ गुणा, प्रतिसेयर नेटवर्थ १३८.६८ रुपैयाँ, तरलता अनुपात २२.९५ प्रतिशत र पूँजीकोष अनुपात १२.४९ प्रतिशत रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.