नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि, सेयरमूल्यमा समेत उछाल
काठमाण्डौ । नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि आएको छ । कम्पनीले चौथो त्रैमासमा १ करोड ८९ ग्राहक थपेको छ । यससँगै नेटफिलिक्सको कुल ग्राहक संख्या ३० करोड २० लाख पुगेको छ । खेलकुद गतिविधिको लाईभ स्ट्रिमीङ, लोकप्रिय सिरिजहरुको पुनरागनम र चर्चित कलाकार बियोन्सेको प्रस्तुतीका कारण चौथौ त्रैमासमा नेटफिलिक्सको सब्स्क्राइबरको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।