नेप्सेमा एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड सूचीकृत
काठमाण्डौ । एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्डका १० करोड इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्से र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बुधबार फण्डका इकाई सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।एनआईसी एशिया सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित उक्त योजनाका प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई नेप्सेमा सूचीकृत भभएको हो ।

