सेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तारमा जोड दिनुपर्छ: कामु गभर्नर
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठको नेतृत्वमा पदाधिकारी टोलीले नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुङ्गानासँग औपचारिक परिचयात्मक भेटघाट सम्पन्न गरेको छ। यो भेटघाटको मुख्य उद्देश्य संघको गतिविधि, लक्ष्य र योजनाहरूबारे जानकारी गराउनुका साथै सेयर बजारको विकास र लगानीकर्ता हितका लागि राष्ट्र बैंकसँग सहकार्यको सम्भावना...