रसुवाको बाढीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्कविहीन
काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बैंकका अनुसार स्याफ्रुबेशी, टिमुरे र मैलुङ शाखामा कार्यरत कर्मचारीहरू बाढीपछि बेपत्ता भएका हुन्।स्याफ्रुबेशी शाखामा कार्यरत पाँच जना कर्मचारी सम्पर्कमा नआएको बैंकले जनाएको छ। बेपत्ता हुनेमा शिव प्रसाद लम्साल, जितमान घले, पेम्वा दावा लोपेचान, पासाङ...

