काँकरभिट्टा नाकाबाट १६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काठमाण्डौं । चालू, आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलालगायतका सामग्री आयात भएका छन्।

