ओलाङचुङ्गोला–टिप्ताला नाका पुनः सञ्चालन, सीमा व्यापारमा नयाँ आशा
काठमाण्डौं । चीनको तिब्बत स्वशासित क्षेत्रसँग जोडिएको ओलाङचुङ्गोला–टिप्ताला नाका लामो समयको अवरोधपछि पुनः सञ्चालनमा आएको छ । कर्मचारी व्यवस्थापनसँगै भन्सार कार्यालय सक्रिय बनेपछि बन्द अवस्थामा रहेको सीमा व्यापारिक गतिविधि पुनः शुरु हुने भएको छ ।

