मंगलवार, श्रावण १९,२०८३ 11:54:59
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 11:54:59
Bizshala
Global IME Bank Limited

ओलाङचुङ्गोला–टिप्ताला नाका पुनः सञ्चालन, सीमा व्यापारमा नयाँ आशा

ओलाङचुङ्गोला–टिप्ताला नाका पुनः सञ्चालन, सीमा व्यापारमा नयाँ आशा
New Office

काठमाण्डौं । चीनको तिब्बत स्वशासित क्षेत्रसँग जोडिएको ओलाङचुङ्गोला–टिप्ताला नाका लामो समयको अवरोधपछि पुनः सञ्चालनमा आएको छ ।  

कर्मचारी व्यवस्थापनसँगै भन्सार कार्यालय सक्रिय बनेपछि बन्द अवस्थामा रहेको सीमा व्यापारिक गतिविधि पुनः शुरु हुने भएको छ । 

कोभिड–१९ महामारीपछि लामो समय निष्क्रिय रहेको यो नाका शुरुवाती चरणमा स्थायी जनशक्ति अभावका कारण स्थानीय सहयोगीमार्फत सीमित रूपमा सञ्चालन हुँदै आएको थियो ।  

तर, महामारीपश्चात पूर्ण रूपमा बन्द भएको भन्सार कार्यालय हाल नयाँ जनशक्ति खटाइएपछि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिएका छन् ।

नायब सुब्बा प्रदीप धिताललाई भन्सार प्रमुखको जिम्मेवारी दिइएसँगै नाकामा नियमित प्रशासनिक सेवा पुनः शुरु भएको छ ।  

स्थानीय जनप्रतिनिधिहरूका अनुसार लामो समयपछि सीमा नाका सक्रिय हुँदा क्षेत्रीय आर्थिक चहलपहल बढ्ने र परम्परागत व्यापारिक सम्बन्ध पुनर्जीवित हुने अपेक्षा गरिएको छ ।

ओलाङचुङ्गोला–टिप्ताला नाका पूर्वी नेपाललाई चीनको तिब्बत क्षेत्रसँग जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्गमध्ये एक मानिन्छ । 

ओलाङचुङ्गोलाबाट करिब २४ किलोमिटर दूरी पार गरेपछि नेपाल–चीन सीमा टिप्ताला नाकासम्म पुगिन्छ, जसले यस नाकालाई रणनीतिक मात्र होइन, आर्थिक दृष्टिले पनि महत्वपूर्ण ब

स्थानीयका अनुसार करिब चार दशकअघि निर्माण गरिएको भन्सार कार्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ, जसले सेवा प्रवाहमा भौतिक चुनौती थपिरहेको छ ।

भौतिक संरचना सुधार र उपकरण व्यवस्थापनका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा कार्यालय स्तरोन्नतिको आवश्यकता औंल्याउँदै सम्बन्धित निकायसँग पहल गरिएको वडाध्यक्ष लामाले बताएका छन् ।

यसैबीच, भन्सार कार्यालयमा स्थायी कर्मचारी खटाउनुपर्ने माग गर्दै स्थानीय युवा तथा जेनजी अभियन्ताहरूले विभागीय तहमा दबाब बढाउँदै आएका थिए ।

सडक सञ्जाल विस्तारसँगै नाका पुनः सक्रिय हुँदा सीमापार व्यापार, राजस्व संकलन र स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.