पद्म नर्सिङ होम प्रकरणमा पूर्वमन्त्रीमाथि घुस डिलको आरोप, एमालेले बनायो छानबिन समिति
काठमाण्डौ । पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमलाई ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको अस्पताल सञ्चालन अनुमति दिने प्रक्रियामा आर्थिक लेनदेनको आरोप सार्वजनिक भएपछि नेकपा एमालेले आफ्नै पूर्वस्वास्थ्यमन्त्रीमाथि छानबिन थालेको छ।गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सदस्य लक्ष्मणबहादुर पाण्डे र उनका तत्कालीन स्वकीय सचिव यादव पौडेलको...

