मलेसिया श्रमिक प्रकरणमा पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ परेको गृह स्रोतको दाबी
काठमाण्डौ। मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको रकम असुली प्रकरणमा अनुसन्धानको दायरामा रहेका पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेको खबर सार्वजनिक भएको छ। गृह मन्त्रालयको उच्च स्रोतलाई उद्धृत गर्दै उनी पक्राउ परेको जनाइए पनि पक्राउको स्थान र प्रक्रियाबारे औपचारिक विवरण खुलाइएको छैन।अर्यालमाथि मलेसिया जाने कामदारबाट गैरकानुनी रूपमा रकम संकलन गरी उक्त...

