पुराना अपराध प्रहरीको स्मृतिबाट मेटिँदैनन्, जुनसुकै बेला दोषी समातिन्छन् : आईजीपी कार्की
काठमाण्डौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा भएका आपराधिक घटना नेपाल प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा सुरक्षित रहने भएकाले अपराधमा संलग्न व्यक्ति वर्षौँपछि पनि कानुनी दायरामा आउन सक्ने बताएका छन्।उनले व्यक्तिको स्मरण कमजोर हुन सक्ने भए पनि संस्थागत रूपमा प्रहरीले अपराधका घटना नबिर्सने बताए। पुराना तथा जघन्य प्रकृतिका मुद्दामा निरन्तर अनुसन्धान...

