प्रधानन्यायाधीश सिफारिस विवादले कानूनी र राजनीतिक बहस चर्कियो, सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
काठमाण्डौं । प्रधानन्यायाधीश सिफारिससम्बन्धी संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपछि विवाद थप गहिरिएको छ।वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी र अधिवक्ता प्रैमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिट हाल दर्ता प्रक्रियामा रहेको बताइएको छ।

