बुधबार, असार १०,२०८३ 08:43:18
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:43:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानन्यायाधीश सिफारिस विवादले कानूनी र राजनीतिक बहस चर्कियो, सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

Laxmi Sunrise Bank Limited
प्रधानन्यायाधीश सिफारिस विवादले कानूनी र राजनीतिक बहस चर्कियो, सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाण्डौं । प्रधानन्यायाधीश सिफारिससम्बन्धी संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपछि विवाद थप गहिरिएको छ।

वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी र अधिवक्ता प्रैमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिट हाल दर्ता प्रक्रियामा रहेको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

रिटमा परिषद्को निर्णय संविधानको शक्ति पृथकीकरण सिद्धान्तविपरीत भएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरिएको छ।  

साथै, पहिलो वरीयतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्न पनि माग गरिएको छ।

संवैधानिक परिषद्ले बिहीबार चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो निर्णयमा वरिष्ठता अनुसार अघि रहेका मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पछि पारिएको थियो।

परिषद्को निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीस्मराज आङदम्बेले नोट अफ डिसेन्ट जनाएका थिए।

यो निर्णयप्रति नेपाली कांग्रेस र नेकपा एमालेले समेत असन्तुष्टि जनाएका छन् भने सामाजिक सञ्जालमा पनि पक्ष–विपक्षमा बहस तीव्र बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.