अमेरिका जानुअघि प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेट, चीन भ्रमणबारे ब्रिफिङ
काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेट भएको पुष्टि गर्दै यसलाई नियमित भेटघाटको रूपमा उल्लेख गरेका छन्।

