नारायणी अस्पतालबाटै नवजात शिशु अपहरण, १६ घण्टापछि उद्धार; एक महिला पक्राउ
काठमाण्डौ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट अपहरणमा परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न आरोपमा एक महिलालाई पक्राउ गरिएको छ।प्रहरीका अनुसार भदौ १४ गते अपराह्न करिब ४ बजे वीरगञ्ज महानगरपालिका–४ स्थित नारायणी अस्पतालबाट शिशु बेपत्ता भएको थियो। सुत्केरी कुरुवा कोठामा रहेकी आफन्तसँग ‘खेलाउँछु’ भन्दै शिशुलाई लिएर गएकी महिलाले...

