दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह
काठमाण्डौ । विभिन्न देशमा दादुराको संक्रमण पुनः बढ्न थालेपछि परिवार कल्याण महाशाखाले बालबालिकाको नियमित खोप नछुटाउन आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको महाशाखाले दादुरा–रुबेलाबाट जोगाउन तोकिएको उमेरमा खोपका दुवै मात्रा पूरा गराउन अभिभावकको ध्यानाकर्षण गराएको हो।विकसित मुलुकमा समेत संक्रमण बढेको र केही देशले दादुरा निवारणको मान्यता गुमाएको सन्दर्भ...

