बाख्रा खोज्न निस्किएका युवकले भेटे ३ ग्राम सुन, खबर फैलिएपछि ‘गोल्ड रस’ खोज्ने मान्छे ओइरिए
काठमाण्डौ । हराएको बाख्रा खोज्दै हिँडेका एक युवकले संयोगवश भेटेको तीन ग्राम सुनले पश्चिमी केन्याको एउटा दुर्गम गाउँको स्वरूप नै बदलिदिएको छ। केही साताअघिसम्म सामान्य चरन क्षेत्र र झाडी रहेको चेपोरोर गाउँ अहिले हजारौँ मानिसको ‘सुन खोज्ने केन्द्र’ बनेको छ।३३ वर्षीय मानासे लोमाचारले नदी किनारमा भेटेको करिब तीन ग्राम सुन ३६ हजार केन्याली शिलिङ अर्थात् करिब २८० अमेरिकी...

