लघुवित्तहरुको नाफामा ७२.५९% को सुधार : आधा भन्दा बढीको एनपीएल घट्यो, लाभांश क्षमतामा कुन कति अब्बल ?
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको अन्त्यसम्म लघुवित्त संस्थाहरुले समग्रमा ८ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका छन् । संस्थाहरुको यो मुनाफा अघिल्लो आवको तुलनामा ७२.५९ प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्म संस्थाहरुले समग्रमा ४ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो आवमा १२ संस्थाले घाटा ब्यहोरेकोमा...