पीईभीसीमा सेबोनको ‘दोस्रो चरण’को सुधार : ४८ अर्ब बढी पूँजी परिचालनको ढोका, आईपीओदेखि लकइनसम्म नयाँ व्यवस्था प्रस्ताव
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (PEVC) बजारलाई परम्परागत ‘कोष दर्ता र अनुमति’को चरणबाट निकालेर जोखिममा आधारित नियमन, संस्थागत पूँजी परिचालन र सार्वजनिक सेयर बजारसँग प्रत्यक्ष जोड्ने गरी दोस्रो चरणको नियामकीय सुधारको खाका अघि सारेको छ।सेबोनले सार्वजनिक गरेको ‘नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल पारिस्थितिक...

