सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो ।उनलाई पुस ३० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । कम्पनीमा सीईओको रुपमा उनको यो तेस्रो कार्यकाल हुनेछ ।पौडेल...

