बुधबार, श्रावण ६,२०८३ 12:16:25
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:16:25
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त
New Office

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो ।

उनलाई पुस ३० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । कम्पनीमा सीईओको रुपमा उनको यो तेस्रो कार्यकाल हुनेछ ।

पौडेल सर्वप्रथम विसं २०७४ पुस ३० गते कम्पनीको सीईओ नियुक्त भएका थिए । त्यसपछि उनी फेरि विसं २०७८ पुस ३० गते पुनः सीईओ नियुक्त भएका थिए ।

पौडेलको नेतृत्वमा कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गर्दै आएको छ। ३१ वर्षको व्यावसायिक अनुभव भएका पौडेलले अडिटिङ, म्यानेजमेन्ट कन्सल्टिङदेखि जीवन बीमा व्यवसायसम्मको लामो यात्रा तय गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पौडेलले अमेरिका स्थित लाइफ अफिस म्यानेजमेन्ट एसोसिएसनबाट फेलोशिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट तथा एसोसिएट कस्टमर सर्भिस उपाधि हासिल गरेका छन्।

२२ वर्षको बीमा क्षेत्रमा समर्पित अनुभवसहित उनले मेटलाइफ नेपालमा करिब १५ वर्ष मुख्य वित्तीय अधिकृतका रूपमा काम गरेका थिए। सिटिजन लाइफमा आवद्ध हुनुअघि नै उनी बीमा क्षेत्रका एक अनुभवी तथा दक्ष व्यवस्थापकका रूपमा परिचित थिए ।

पौडेलले राष्ट्र तथा विदेशमा विभिन्न नेतृत्व तथा व्यवस्थापनसम्बन्धी तालिमहरूमार्फत आफ्नो दक्षता अभिवृद्धि गर्दै आएका छन्। उनले अमेरिकाको राइस विश्वविद्यालयमा एडभान्स्ड लिडरशिप प्रोग्राम पूरा गरेका छन्। आफ्नो सीप र अनुभव बाँड्ने क्रममा उनले विभिन्न कार्यक्रममार्फत १० हजारभन्दा बढी सहभागीलाई प्रशिक्षण तथा प्रेरणादायी सम्बोधन दिएका छन्।

उनी नेपाल जीवन बीमा संघका तत्कालीन अध्यक्ष समेत रहिसकेका छन्। साथै उनी इन्स्योरेन्स इन्स्टिट्युट नेपाल र श्रीनगर एग्रिटेक इन्डस्ट्रीज का सञ्चालक समिति सदस्य पनि हुन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.