पीआर लिएर पनि सरकारी कर्मचारी ? दुईमाथि कारबाही, सयौंमाथि छानबिन
काठमाण्डौ । सरकारी जागिरमा बहाल रहँदै विदेशको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) लिएर वर्षौंदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारीविरुद्ध सरकारले कडा कदम चाल्न थालेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विदेशमै बसोबास गर्दै आएका दुई कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले...

